मंगलबार, वैशाख ११, २०८१

तरुण दलद्वारा अख्तियार दुरुपयोग अनुन्धान आयोग विरुद्ध प्रर्दशनी

नेपालखोज २०७६ माघ २६ गते १४:०४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विरुद्ध मुद्दा दायर गरेको विरोधमा तरुणले माईतीघरमा प्रर्दशन गरेको छ ।

आफ्ना नेताको बचाउ गर्दै नेपाल तरुण दलले अख्तियारको विरोधमा सो प्रर्दशन गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेसँगै गच्छदार सांसद पदबाट निलम्वित भएका छन् । अख्तियारले नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेललाई जोगाएर गच्छदारालई फसाएको आरोप तरुण दलले लगाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वको प्रदर्शनीमा माईतीघरबाट शुरु गरि, बवरमहल हुँदै बानेश्वर गएर टुङ्गिएको छ ।

प्रतिक्रिया