बुधबार, असार १८, २०८२

प्रतिनिधिसभा बैठक : कांग्रेसद्वारा आज पनि अवरुद्ध, २८ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७६ माघ २६ गते १४:२५

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोध पछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया