जनयुद्ध दिवसका अवसरमा कालिकोटमा फागुन १ गते सार्वजनिक बिदा
नेपालखोज
२०७६ माघ २६ गते १५:१४
२६ माघ, कालीकोट । जनयुद्ध दिवसको अवसर पारेर कालीकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले गरेको पुष्टि गाउँपालिकाका सूचना प्रविधि विज्ञ नवीन चौहानले लोकान्तरसँग गरे ।
तत्कालीन (नेकपा माओवादी) ले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध थालेको थियो । त्यतिबेलाको माओवादी टुटफूटको अनेकन श्रृंखला बेहोर्दै अहिले नेकपा (माओवादी)को नाममा अस्तित्वमा समेत छैन् ।
जनयुद्ध शुरू गर्ने मुख्य नेताहरूमध्ये पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल नेकपाको अध्यक्ष छन् भने डा. बाबुराम भट्टराई मधेश केन्द्रित दल फोरमसँग एकता गरी समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनेका छन् ।
मोहन वैद्य किरणको नेतृत्वमा कान्तिकारी माओवादी छ, अर्को एउटा तप्कालाई भूमिगत राजनीतिमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया