शनिबार, असोज ५, २०८१

राज्य समानताको सिद्धान्तविपरीत जान थाल्यो : नेता पौडेल

नेपालखोज २०७६ माघ २६ गते १६:१८

२६ माघ, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् ।

पत्रकारसँग आइतबार आज चितवनमा कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नु पर्नेमा पक्षपाती भएको टिप्पणी गरेँ ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए । यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । उनले भने, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”

फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ ।

त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया