बालविकास केन्द्रमा आउँदैनन् बालबालिका
२६ माघ, बाँके । बाँकेको डुडुवा गाउँपालिका–३ स्थित बाबुपुर्वा गाउँमा रहेको सरस्वती बालविकास केन्द्रमा गत शुक्रबार मुस्किलले पाँचजना बालबालिका उपस्थित थिए ।
तीस जनासम्म बालबालिका पढाउने प्रावधान रहेको बालविकास केन्द्रमा जम्मा विद्यार्थी २० जना छन् । विपन्न मधेशी समुदायका बालबालिका चेतनाको कमीले पनि नियमित आफ्ना बालबालिकालाई केन्द्रमा पु¥याउँदैनन् ।
बिहान १० बजेबाट सञ्चालन हुने केन्द्रमा बालबालिका ११ बजेसम्म पनि पुग्दैनन् । “भएका बच्चाहरु पनि नियमित आउँदैनन्”, १० वर्षदेखि बालविकासमा पढाउँदै आएकी शिक्षिका चन्दा रेग्मीले भने, “सबैभन्दा पहिला आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना नै छैन् ।”
रु १७ सय मासिक तलबबाट पढाउन् शुरु गरेकी रेग्मीले हाल गाउँपालिकाबाट मासिक सात हजार तलब प्राप्त गर्नुहुन्छ । गत वर्षबाट गाउँपालिकाबाट एक हजार तलब बढेर सात हजार तलब पुगेको हो ।
बालविकास केन्द्रको अवस्था पनि दयनीय छ । जाडोमा चिसोले बस्ने अवस्था हुँदैन भने गर्मीमा पानी प¥यो भने पनि चुहिन थाल्छ ।
अग्लो ठाउँमा रहेको भवनमा बालबालिकालाई कक्षामा प्रवेश गर्न र निस्कन धौ धौ हुन्छ । शिक्षिका आफँैले बालबालिकालाई कक्षामा पु¥याउने अनि कक्षाबाट ओराल्र्ने गर्नुहुन्छ ।
गाउँपालिकाले उपलब्ध गराएको भवन जीर्ण बनेपछि । समुदायस्तरमा रहेको चेतना केन्द्रमा बालविकास केन्द्र सञ्चालन गरिएको छ । त्यो पनि समुदायमा रहेको तीनवटा समूहको कार्यालय पनि बालविकास केन्द्रमा नै राखिएका छन् ।
प्रतिक्रिया