ओखरका फाइदा
ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।
के पाइन्छ ओखरमा ?
ओखरमा सोडियम कम र कालोस्टर पनि पटक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि-६, बि-१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।
– प्रोटिन- यसले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।
– भिटामिन डि -यसले क्याल्सियम ग्रहण गर्न सहयोग गर्छ । हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुन्छ ।
– फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्छ ।
– ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ ।
प्रतिक्रिया