मंगलबार, साउन १, २०८१

विवाहको लगनले सुनको कारोबार बढ्दै

नेपालखोज २०७६ माघ २८ गते १०:४८

२८ माघ, काठमाण्डौँ । सुनको मूल्य मङ्गलबार आज घटेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज मङ्गलबार तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार हिजो र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार आज तोलामा सय रुपैयाँले घटेको हो । चाँदी भने गएको आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुस महिनामा दैनिक मुश्किलले झण्डै १० किलो सुन कारोबार हुने गरेकोमा अहिले माग बढेर दैनिक २० किलोसम्म पुगेको महासङ्घले जनाएको छ । फागुनमा विवाहको लगन भएकाले पनि कारोबार बढिरहेको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया