सोमबार, असार ३२, २०८१

नेपाल एयरलाइन्सका पाइलटले चीनमा जहाज उडाउन मानेन्न

नेपालखोज २०७६ माघ २८ गते १६:५३

काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज पाइलटहरु चीनमा उडान भर्ने कामबाट पछि हटेका छन् । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल वायुसेवा निगमको वाइड बडी जहाज पठाउने भनेको थियो ।

सोही अनुरुप प्रारम्भिक तयारीका क्रममा रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेको स्रोतले जनाएको छ । निगमले जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले दिएको जानकारी अनुसार सरकारले औपचारिक निर्णय गरेपछि सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भैरहेको बताइन् ।

प्रतिक्रिया