मंगलबार, चैत ४, २०८१

ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

नेपालखोज २०७६ माघ २८ गते १७:२०

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक (आईजीपि) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार  अपरान्ह बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

ज्ञवालीले आईजीपिको दौडमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) तारिणी लम्साललाई पछाडि पारे । ज्ञवाली र लम्साल २०४७ साल असार २५ मा एकै पटक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

उनीहरुको सेवा अवधि आगामी असारसम्मको छ । हुनत हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनीहरुको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो । त्यसकारण उनीहरु पाँच महिना ढिला गरी नियुक्ति भएका थिए ।

प्रतिक्रिया