बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईले आयोगमा निवदेन दिए
काठमाण्डौ । मेडिकल कलेज सञ्चालनका बिषयमा विवादास्पद छबि बनाएका दुर्गा प्रसाईले झापाको बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएका छन्।
बिहीबार चिकित्सा शिक्षा आयोग भक्तपुर पुगेर प्रसाईंले सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गराएका हुन्।
मेडिकल कलेज सञ्चालक प्रसाईंले दर्ता गरेको निवदेनको आयोगले पुष्टी गरेको छ ।
चिकित्सा शिक्षा ऐनमै राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ।
राजधानीबाहिर आशयपत्र पाएर सम्बन्धन कुरिरहेको बिएण्डसी एउटै मात्र मेडिकल कलेज हो।
प्रसाईं बिहीबार भक्तपुर जिल्ला प्रशासनमा हाजिर भएर तारेखमा छुटेका थिए।
प्रसाईंविरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेपछि प्रसाईं सम्पर्कविहीन थिए।
बिएण्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएपछि गिरीले उनीविरूद्ध मुद्दा दिएका थिए।
प्रतिक्रिया