करणी आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै कपिलवस्तुमा प्रदर्शन
नेपालखोज
२०७६ फागुन २ गते १०:३८
कपिलवस्तु । आफ्नै उद्योगमा कार्यरत एक बालिकालाई जबरजस्ती करणीेको आरोप लागेका आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन् ।
कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
बालिकाकी आमाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया