शनिबार, असार २, २०८१

स्वयम्भूमा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालखोज २०७६ फागुन ३ गते १०:३१

काठमाडौँ । काठमाण्डौको स्वयम्भू, भगवानपाउमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बा ३ ख ५१३४ नम्बरको ट्याङकर, प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाण्डौको चन्द्रागिरी नगरपालिका ३ का साइरस गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया