चीनमा कोरना भाइरसबाट मृत्यु हुनेको संख्या साडे १६ सय पुग्यो, ६७ हजार बढी संक्रमित !
नेपालखोज
२०७६ फागुन ३ गते ११:३८
एजेन्सी । चीनमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या १६ सय ३१ पुगेको छ । भने ६७ हजार ५ सय ३५ जनामा संक्रमण भएको पुष्टि गरिएको छ ।
नेशनल हेल्थ कमिशनका अनुसार हिजो हुबेई प्रान्तमा मात्रै २ हजार ४ सय २० नया संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा चीनमा १ सय ४३ को मृत्यु भएको छ । हुबेई प्रान्तमा मात्रै १ सय ३९ जनाको मृत्यु भएको छ ।
चीनका ३१ प्रान्त कोरोनाभाइरसबाट प्रभावित भएका छन् । हुबेई प्रान्तमा अहिलेसम्म ५४ हजार ४ सय ६ मा कोरोना भएको पुष्टि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया