पौडेलका हत्या आरोपित प्रहरी फिर्ता
नेपालखोज
२०७६ फागुन ५ गते ७:०५
काठमाडाैं । प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई फिर्ता बोलाएको छ ।
मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमै फिर्ता गरिएको हो ।
उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दियो । संघीय प्रहरी इकाई कार्यालय धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
सम्बन्धित
प्रतिक्रिया