शनिबार, असार २, २०८१

नयाँ वर्षदेखि राजा वीरेन्द्रले प्रयोग गरेको निजी घर श्रीसदन खुला गरिदैँ

नेपालखोज २०७६ फागुन ६ गते ७:०६

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्षपछि उनले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणका लागि खुला हुने भएको छ ।

नयाँ वर्षको दिन अर्थात् २०७७ साल वैशाख १ गते श्रीसदन खुला गर्न लागिएको हो । श्रीसदनसँगै हिट्लरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेका राजपरिवारले चढ्ने बग्गी, दीपेन्द्र, श्रुति, निराजनले चढ्ने गाडीलगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारीसाधन मर्मत गरी तयारी अवस्थामा राखेको छ । सोही दिनबाट संग्रहालय प्रशासनले गणतन्त्र स्मारक परिसरको शहीदको सम्झानामा निर्मित संग्रहालयसमेत खुला गर्ने भएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन खोल्न सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया