आइतबार, वैशाख १४, २०८२

पूर्वसांसद भागवत ज्ञवालीको निधन

नेपालखोज २०७६ फागुन ६ गते ८:५६

काठमाडौँ । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ ।

ज्ञवालीको मंगलबार आज बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वा्चित भएका थिए ।

प्रजातान्त्रिक आन्दोलनमा योगदान र्पुयाएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए । उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया