शनिबार, वैशाख ८, २०८१

आज देशभर आंशिकदेखि सामान्य बदली, उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

नेपालखोज २०७६ फागुन ८ गते ८:१६

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । बिहीबार आज पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । यस्तै राति देशभर सामान्य बदली रही पश्चिमका केहि भू–भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया