शुक्रबार, वैशाख ७, २०८१

जर्मनीमा गोली हानाहान, आठजनाको मृत्यु

नेपालखोज २०७६ फागुन ८ गते ८:२२

एजेन्सी । जर्मनीको हनाउ सहरमा गोली चल्दा कम्तिमा आठजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अज्ञात समूहले गोली चलाएको थियो । प्रहरीले बीबीसीलाई जनाएअनुसार स्थानीय समयअनुसार बुधबार राति १० बजे गोली चलेको थियो । प्रहरी अधिकारी र हेलिकोप्टरको मद्धतबाट गोली चलेका दुई स्थानमा सुरक्षा प्रदान गरिएको थियो ।

पहिलो गोली हानाहानमा तीन जना र दोस्रो हानाहानमा पाँचजनाको मृत्यु भएसंगै जर्मनीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया