शुक्रबार, वैशाख १४, २०८१

सेक्युरिटी प्रेस स्थापना प्रक्रिया स्थगित गर्न लेखा समितिको निर्देशन

नेपालखोज २०७६ फागुन ८ गते १२:५७

काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस स्थापना गर्ने प्रक्रिया स्थगति गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।बिहीबार सिंहदरबारमा बसेको बैठकले यो विषय जटिल बन्दै गएक कारण समाधानमा पुग्न नसकेको समेत जनाएको छ।

सेक्युरिटी प्रेस स्थापना गर्ने सम्बन्धमा थप छलफल आवश्यक भएको भन्दै लेखा समितिले तत्कालका लागि प्रक्रिया स्थगति गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। सञ्चार मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि समितिले तत्काल सरकारलाई यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया