शुक्रबार, वैशाख १४, २०८१

‘हेप्नी’ : दलालको फन्दामा परेका बाँस्कोटा आफै हेपिए !

नेपालखोज २०७६ फागुन ८ गते १३:३९

काठमाडौँ । ‘उडायो सपना सवै हुरीले’ मन्त्री भएदेखि ठूलो सपना देखेर हिडिरहेका सञ्चार मन्त्री दलालको फन्दामा परे । यो वा त्यो नाममा विवादित बन्दै आईरहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा अन्तत ः ७० करोडको भ्रष्टाचारमा फसेका छन् ।

सञ्चार मन्त्री भएसँगै नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजु थापासँगको अन्तवार्तामा सम्पत्ति विवरणका सन्दर्भमा रस्साकस्सी परेपछि थापालाई बाँस्कोटा कै निर्देशनमा हटाइएको थियो । प्रेस स्वतन्त्रता विरोधी मन्त्रीका रुपमा उनी परिचित हुँदै आईरहेका थिए वाँस्कोटा । पत्रकारलाई देखि नसहने मन्त्री वास्कोटा सिजी मोवाईल काण्ड होस् वा टेलिकमका अन्य विषयमा पनि विवादित बन्दै आएका थिए ।

७० करोड कमिशन मागेको आरोप लागिरहेका वाँस्कोटा आफ्नो घरमा ७० करोड नअट्ने भन्दै छाती खोलेर भाषण छाटिरहेका थिए ।

कसरी भयो अडियो सार्वजनिक

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग खरिद गर्ने गरी ठेक्का दिने तयारी भईरहेको थियो । तर मन्त्री वाँस्कोटालाई स्वीस कम्पनीले भन्दा बढी कमिशन जर्मनी कम्पनीले दिने भएपछि स्वीस कम्पनीसँग तर्किएका थिए मन्त्री वास्कोटा । मन्त्री वाँस्कोटाले स्वीस कम्पनीलाई सो ठेक्का नदिने संकेत देखिएपछि स्वीस कम्पनीको नेपाल स्थित एजेण्टले मन्त्रीसँग भएको कुराकानी रेकर्ड गरी सार्वजनिक गरेको हुन् ।

सञ्चारमन्त्री बास्कोटोले जे जसरी स्पष्टिकरण दिने प्रयास गरे पनि उनी दूधले नुहाएका व्यक्ति हुँदै होइन । पत्रकारिता गर्दादेखि नै भागबण्डामा रमाउने व्यक्ति हुन् उनी । कुनै बेला चौधरी ग्रुपका साहुजीलाई पत्रकार परिचय पत्र बनाइने व्यक्ति पनि हुन् । पैसा भने पछि जे गर्न पनि तयार हुन्छन् यिनी ।

स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले आफूले ठेक्का नपाउने भएपछि मन्त्रीसँगको कुराकानी गोप्य रेकर्ड गरेर प्रधानमन्त्री ओलीसम्म नपु¥याएका पनि होइनन् । तर प्रधानमन्त्री ओलीले त्यसलाई गोप्य राख्ने प्रयास गरे । बरु सार्वजनिक रुपमा नै मन्त्रिमण्डलमा रहेका मन्त्रीहरु बाँस्कोटादेखि डराउने अभिव्यक्ति दिए । बाँस्कोटालाई शक्तिशाली मन्त्री जस्तो भ्रम सिर्जना गरिरहेका प्रधानमन्त्री ओलीले स्वीस कम्पनीको एजेण्टले यसरी अडियो बाहिर सार्वजनिक गर्ला भन्ने पत्तै पाएनन् ।

सेक्युरिटी प्रेस स्थापनाको ठेक्का अरुले पाउने भएपछि रन्थनिएका प्रकाश शर्मा मोवाईलमा रकेर्ड गरिएको बार्गेनिङ्गका कुरा लिएर केही ठूला मिडियामा पुगे । तर केही ठूला मिडियाले सञ्चार मन्त्रीको भ्रष्टाचारको समाचार प्रकाशन नगरेपछि अनलाईन मिडिया गुहार्न पुगेका थिए । आफूले ठेक्का नपाएर मिडियामा पुगेका मिश्रकै कारण गोकुल वाँस्कोटाले मागेको कमिशनको अडियो रेकर्ड सार्वजनिक भएको हो ।

गोकुल वाँस्कोटा निकै नै छुद्र छन् यसमा दुइमत नै छैन । पत्रकारलाई गर्ने व्यवहार मात्र होइन उनले कर्मचारीका विषयमा बोलेमा अश्लील शब्दले नै बाँस्कोटाको असली रुप झल्कन्छ । ओलीका विश्वासिला पात्रका रुपमा रहेका बाँस्कोटाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुको विकल्प छैन । ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको महान्बाणी जस्तै करोडौं घोटाला गर्ने प्रयासमा लागेका मिश्रलाई पनि कानूनी कार्वाही गर्नु पर्दछ ।

पछिल्ला समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी लगाएर घुस दिनेलाई पक्राउ गरेका धेरै उदाहरण छन् । अव स्वीस कम्पनीको एजेण्टलाई पक्राउ गर्दछ कि गर्दैन ? आफ्नो स्वार्थ पूरा नभएपछि मिडियामा घुस मागेको अडियो सार्वजनिक गर्ने प्रकाश मिश्रलाई पनि राज्यले हदैसम्मको कार्वाही गर्नु आवश्यक छ । न्यूज डेक्स, नेपाल खोज

प्रतिक्रिया