बिहीबार, वैशाख १३, २०८१

पौने घन्टा भाषण गरेर प्रधानमन्त्रीले भने, ‘सुशासनका लागि नजिक -टाढा कसैलाई छाड्दिन’

नेपालखोज २०७६ फागुन ८ गते १७:१६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापनाकालागि आफु सदैव संघर्षरत रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक आर्थिक समृद्धी विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सुशासनका लागि नजिक र टाढा कसैलाई नछाड्ने बताए । उनले भने, ‘सिस्टमका लागि कोही नजिक र कोही टाढा भनेर कसैलाई छाड्दिनँ । जुनसुकै चुनौतीको सामना गर्छु तर सिस्टमका लागि लडिरहन्छु ।’

पौने घन्टा भाषण गरेका ओलीले सुशासन र सिस्टमका लागि लड्दा आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी आएको सुनाउँदै जुनसुकै चेतावनी आएपनि आफू पछि नहट्ने बताए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटोले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएलगत्तै ओलीको उक्त भनाई सार्वजनिक भएको हो ।

प्रतिक्रिया