शनिबार, वैशाख १५, २०८१

गोकुल बाँस्कोटा घुस प्रकरणमा प्रधानमन्त्रीको संलग्नता छ ?

नेपालखोज २०७६ फागुन ८ गते १७:३२

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले गोकुल बास्कोटा घुस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संलग्नता नरहेको कुरा पुष्टि गर्नुपर्ने बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्री बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि सोही प्रकरणमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता थापाले बास्कोटाको राजिनामाले मात्र यो विषय नटुंगिने बताए । यस क्रममा उनले प्रधानमन्त्रीले समेत यस प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि गर्नु पर्ने बताए ।

उनले भने, -‘यो विषय सामान्य ढंगबाट रफादफा हुन्छ, गोकुल बास्कोटाको राजीनामा जान्छ, त्यसपछि एउटा छानविनको एउटा प्रकियामा जान्छ भन्ने कुराले मात्रै यो विषय टुंगिन्न’, नेता थापाले भने,‘जबसम्म यो विषय दुधको दुध पानीको पानी हुन्न, तबसम्म यो प्रकरण टुंगिन्न।’

उनले यस प्रकरणका बारेमा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्ने कुरामा आश्वस्त हुन सक्ने अवस्था नरहेको बताए। उनले प्रश्न गरे, ‘के प्रधानमन्त्रीको जानकारी विना वा अभिभावकत्व र संरक्षकत्व विना यी कुराहरु भइरहेका थिए ? के प्रधानमन्त्रीलाई थाहा थिएन ?’

प्रतिक्रिया