शनिबार, वैशाख १५, २०८१

आज अन्नपूर्णेश्वरी माताको पुजा गर्नु लाभदायिक मानिन्छ, यस्तो छ तपाईको आजको राशिफल

नेपालखोज २०७६ फागुन ९ गते ६:०२

आज शुक्रबार माता लक्ष्मी र सन्तोषीको व्रत बसी पुजा गर्नाले घरमा लक्ष्मीको बास हुनुका साथै मनमा शान्ति छाउछ भन्ने धार्मिक विश्वास छ ।

ज्योतिषशास्त्रका अनुसार आजका दिन हिन्दु धर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभव लक्ष्मीको पूजा गर्छन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख लाभ हुने धार्मिक मान्यता छ ।

साथै शुक्रबारमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।  आजका दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

यस्तो छ तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने योग छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योगछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याोउन मद्दत गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याोउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

प्रतिक्रिया