बिहीबार, वैशाख १३, २०८१

महाशिवरात्रिमा सवारी व्यवस्थापनको तयारी पुरा

नेपालखोज २०७६ फागुन ९ गते ६:४२

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको जनाएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया