देशभरको मौसममा आज बदली, उच्च हिमाली भागमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ ।
महाशाखाका अनुसार शुक्रबार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गकाअनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने उनले बताए । आज राति देशभर आशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया