बुधबार, जेठ १, २०८२

नेपालगञ्जको समृद्धिमा चार क्षेत्र पहिचान

नेपालखोज २०७६ फागुन ९ गते ७:३७

नेपालगञ्ज । नेपालगञ्जको आर्थिक विकासमा टेवा पुग्ने चार व्यावसायिक क्षेत्र छनोट गरिएको छ ।

जर्मन सरकारको प्राविधिक सहयोगमा उपमहानगरपालिकद्वारा सञ्चालित स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाअन्तर्गत यहाँ सम्पन्न ११ दिने कार्यशालाबाट तरकारी–फलफूल, खाद्य प्रशोधन, दूध (डेरी) व्यापार–पर्यटनको व्यावसायिक क्षेत्र छनोट गरिएको हो ।

स्थानीय अर्थतन्त्रलाई माथि उकास्ने र आइपर्ने जोखिमको सामना गर्नसक्ने क्षमतालाई सशक्त बनाउने उद्देश्यले व्यावसायिक क्षेत्र छनोट गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए ।

उनले व्यापार व्यवसायको प्रवद्र्धनका नेपालगञ्ज उपमहानगरपालिका सबैखाले सहयोग गर्न सधैँ तयार जानकारी दिए । आगामी वर्षदेखि नेपालगञ्जमा आर्थिक प्रवद्र्धन विभाग स्थापना गरेर नयाँ व्यवसायका लागि सहयोग गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया