सोमबार, माघ २८, २०८१

लेखा समितिले बाँस्कोटामाथि छानबिन गर्ने

नेपालखोज २०७६ फागुन ९ गते ७:५७

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण प्रेस खरिदका लागि अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणबारे छानबिन गर्ने भएको छ ।

Advertisement

समितिको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयसँग पटकपटक गरिएका भ्रमण खर्चसम्बन्धी विवरण मागेको छ । सञ्चारमन्त्री बाँस्कोटाले स्विस कम्पनी ‘केबीए नोटासिस’ का एजेन्ट विजयप्रकाश मि श्रसँग ७० करोड घूस मागेको’ अडियो) सामग्री सार्वजनिक भएपछि लेखाका सदस्यहरूले भ्रमण खर्चमा समेत अनियमितता भएको आशंकामा मन्त्रालयसँग हिसाब विवरण मागेका हुन् ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडलसँगको सवाल–जवाफमा सांसद विरोध खतिवडाले भने, ‘सुरक्षण मुद्रण सम्बन्धमा मन्त्रीस्तरीय भ्रमण र त्यसको खर्च विवरण दिन सक्नुहुन्छ ? ’ त्यस्तो खर्च सम्बन्धित कम्पनीले बेहोरेको थियो कि सरकारले भन्ने जिज्ञासा खतिवडाको थियो ।

प्रतिक्रिया