शुक्रबार, चैत १६, २०८०

चैत ४ गतेखि ८ गतेसम्म द्वारकाधीश एवं पाथीभरा वैष्णोदेवी प्राण प्रतिष्ठा हुने

नेपालखोज २०७६ फागुन ९ गते १५:०३

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डू) स्थित पाथीभरा मन्दिरमा आगामी चैत ४ गतेखि ८ गतेसम्म द्वारकाधीश एवं पाथीभरा वैष्णोदेवी माताको प्राण प्रतिष्ठा हुने भएको छ ।

सङ्गितमय कथा वाचक एवं १०८ भागवत बाचक अरबिन्द्र शास्त्रीको मुखारबिन्दबाट मन्दिरको प्राण प्रतिष्ठा हुने भएको हो । बिहिवार पाथीभरा मन्दिर व्यवस्थापन समितिको बैठक बसी चैत ४ गतेदेखि ८ गतेसम्म माताको प्राण प्रतिष्ठा गर्ने निर्णय भएको हो ।

चैत ४ गते कलश यात्रा एवं महायज्ञ समुद्घाटन हुने र कथा वाचन आरम्भ गरिने, ५ देखि ८ गतेसम्म दैनिक कथा वाचन गर्ने, पाँचै दिन बिहान ५ बजेदेखि ७ बजेसम्म मण्डप पूजा, ७ देखि १० बजेसम्म पाठ पारायण, ११ः३० देखि ३ः३० बजेसम्म कथा वाचन गरिने १०८ भागवत बाचक अरिबन्द्र शास्त्रीले जानकारी दिए ।

८ गते द्वारकाधिश स्थापना गर्ने र मन्दिरमा छत्रिय अपर्ण गरिनेछ ।

गौ संरक्षण केन्द्रका प्रमुख सल्लाकार धु्रव्रनारायण श्रेष्ठद्वारा चाँदीको छत्र अपर्ण गर्ने तयारी भएको हो । समितिको बैठकमा समितिका अध्यक्ष अर्जुन बस्नेतले प्राण प्रतिष्ठा कार्यक्रमका लागि समितिका पदाधिकारी र उपसमितिलाई आजैदेखि सक्रिय भएर लाग्न आग्रह गरे ।

गौर संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले प्राण प्रतिष्ठा कार्यक्रममा सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया