मंगलबार, वैशाख ११, २०८१

कोरोना भाइरसः इटालीमा पनि एकको मृत्यु, विश्व स्वास्थ्य संगठनको टोली आज चीन जादैँ

नेपालखोज २०७६ फागुन १० गते ७:२०

एजेन्सी । कोरोना भाइरसका कारण इटालीमा पनि एक जनाको मृत्यु भएको छ । आज बिहान इटलीमा ७८ वर्षका एक वृद्धको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालयहरु बन्दको घोषणा गरिएको छ । भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । चीनमा मात्रै अहिलेसम्म कोरोना भाइरसका कारण २ हजार २ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जनालाई कोरोनाको संक्रमण भएको पाइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन नेतृत्वको संयुक्त टोली आज कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाने भएको छ । अहिले चीनको बेइजिङ, सिचुवान र ग्वाङडोङमा काम गरिरहेको टोली आज वुहान जान लागेको हो ।

टोलीमा अमेरिका, सिंगापुर, दक्षिण कोरिया, जापान, नाइजेरिया, जर्मनी र रुसका विज्ञ रहेका समाचार संस्था सीएनएनले जनाएको छ ।

प्रतिक्रिया