बुधबार, वैशाख १२, २०८१

एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न नेकपा कार्यदलको सुझाव

नेपालखोज २०७६ फागुन १० गते ८:३९

काठमडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य रहेका थिए ।

कार्यदलले शुक्रबा हिजो साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिइएको कार्यदल संयोजक झलनाथ खनालले बताए ।

प्रतिक्रिया