बिहीबार, वैशाख १३, २०८१

विहेको प्रलोभनमा पारि आफ्नै सहकर्मीलाई करणी गर्ने अहेब पक्राउ

नेपालखोज २०७६ फागुन १० गते ८:४८

रौतहट । रौतहटमा आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा एकजना चिकित्सक (अहेब) पक्राउ परेका छन् ।

रौतहटको मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको थियो ।

मुद्धा बारे जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया