शुक्रबार, वैशाख २८, २०८१

छाडा गाईले अन्नबाली खाएपछि रामपुरमा गौशाला निर्माण

नेपालखोज २०७६ फागुन १० गते ९:२८

रामपुर । छाडिएका गाईको संरक्षण गर्न यहाँ निर्माण गरिएको गौशाला सञ्चालनमा आएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा रहेको सो गौशालामा करिब ६० गाई राखिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले शुक्रबार शुभारम्भ गर्दै गाईलाई माताका रुपमा पूजाआजा गरिने भएकाले संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको जानकारी दिए ।

नगरपालिकाले दुई आर्थिकक वर्षमा रु ४० लाख विनियोजन गरेको थियो । गौशाला सम्पन्न नहँुदासम्म गत साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर संरक्षण गरिँदै आइएको थियो ।

छाडा गाईले कृषकका खेतबारीका अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण शुरु गरिएको थियो । करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम अहिले भएको छ । गौशालामा छाडा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषक अहिले खुशी भएका छन् ।

खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गङ्गा बस्यालले बताए ।

प्रतिक्रिया