शुक्रबार, वैशाख ७, २०८१

बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

नेपालखोज २०७६ फागुन १० गते ९:३१

बागलुङ । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेकोे छ ।

यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको जनाइएको छ । बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा सूर्य पाठकले अर्को वर्ष पुनः रु तीन करोड रकम छुट्टाइने जानकारी दिए ।

२०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुँदासाथ आवश्यक कामको थालनी गरिएको जानकारी दिए ।

प्रतिक्रिया