पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै, आज पनि हल्का बर्षा र हिमपात
नेपालखोज
२०७६ फागुन १० गते १०:५१
काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
‘देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका केही स्थान र पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित
प्रतिक्रिया