बिहीबार, चैत १५, २०८०

रेडियो बाजुरा नजिकै राखिएको बम सेनाद्वारा निष्क्रिय

नेपालखोज २०७६ फागुन १० गते १२:०३

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९मा रहेको रेडियो बाजुराको नजिकै राखिएको प्रेसर कुकर बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा नजिकै रहेको धर्म रोकायाको घर चर्केको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ । बम विद्रोही माओवादी चन्द समूहले राखेको हुन सक्ने आंशका गरिएको छ ।

प्रतिक्रिया