बिहीबार, वैशाख १३, २०८१

दातृनिकायसँग कुरा भो, ‘एमसिसि’ पास हुन्छ : दाहाल

नेपालखोज २०७६ फागुन १० गते १३:२४

चितवन । मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसि) का विषयमा निकै चर्को विवाद बहश चल्यो । विशेष गरी सत्ताधारीका नेताहरु नै त्यसका विपक्षमा रहे । यद्यपी विवाद पश्चात एमसिसि अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन पेश पनि गरिसकेको छ ।

कार्यदलले परिमार्जन गरेर मात्र एमसिसि अगाडि बढाउन उपयुक्त हुने प्रतिवेदन दिएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अध्ययन कार्यदलले भने जस्तै परिमार्जन पश्चात एमसिसि कार्यान्वयन गराउने अभिव्यक्ति दिएका छन् ।

चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन गरिने जानकारी दिएका हुने ।

दाहालले एमसिसिमा उल्लेखित केही बुँदाहरु परिमार्जन गर्नका लागि प्रधानमन्त्री ओलीले दातृनिकायसँग कुरा गरिसकेको बताउँदै परिमार्जन सहित एमसिसि लागू गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया