बिहीबार, वैशाख १३, २०८१

यसरी जोगिन सकिन्छ स्तन क्यान्सरबाट

नेपालखोज २०७६ फागुन ११ गते ६:४६

महिलामा स्तन क्यान्सर हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । स्तन क्यान्सर लागेको समयमै थाहा पाउन पनि सकिन्छ । उचित समयमा नै उपचार गर्न सकिएमा यसको उपचार पनि सम्भव छ ।

क्यान्सर शरीरको एउटा अंगबाट फैलिएर अर्को अंगमा पुग्छ । तर, महिलालाई मात्र नभएर पुरुषमा पनि स्तन क्यान्सर देखिएको छ । विश्वमा एक प्रतिशत पुरुषमा स्तन क्यान्सर भेटिएको छ ।

स्तनको मुन्टा दायाँबायाँ ढल्केको वा भित्र घुसेको छ भने क्यान्सरको जोखिम हुन सक्छ । स्तनमा क्यान्सर भएरनभएको हामी आफैँले पनि परीक्षण गर्न सक्छौँ । स्तनमा हुने सामान्य परिवर्तनलाई मात्र ध्यान दिने हो भने स्तन क्यान्सरको जोखिमबाट सजिलै बच्न सकिन्छ ।

आफै परिक्षण गर्न सकिन्छ
आफ्नो स्तनमा सामान्य परिवर्तन भएको तथा क्यान्सरको सम्भावना रेहको शंका लागेमा शरीरको माथिल्लो भागको कपडा फुकालेर ऐनामा आफ्नो स्तन हेर्नुपर्ने हुन्छ । यसरी ऐनामा हेर्दा आफ्ना दुईवटै स्तन बराबरी भएरनभएको राम्रोसँग निरीक्षण गर्नुपर्छ । स्तनमा सामान्य फरक भने सबैको हुन सक्छ । तर, दुईवटा स्तनको आकारमा धेरै नै फरक छ भने क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तनको आकार परीक्षण गरिसकेपछि दुवै हात माथि उठाएर काखीमा हेर्ने गर्नुपर्छ । धेरैजसो क्यान्सर शरीरमा गिर्खाबाट सुरु हुन्छ । दुवै हात माथि उठाएर हेर्दा काखीमा गिर्खा भएरनभएको थाहा पाउन सजिलो हुन्छ । यदि गिर्खाजस्तो डल्लो देखिएमा क्यान्सको जोखिम रहन्छ ।

गिर्खाको निरीक्षण गर्ने क्रममा काखीमा हेरेपछि कम्मरमा मज्जाले थिच्नुपर्छ । यसरी कम्मरमा मज्जाले थिच्दा भित्र लुकेका गिर्खाहरू बाहिर स्पष्ट देखिन्छन् । यसरी गिर्खा देखिएमा शंका मान्नुपर्ने हुन्छ । उचित उपचार र सल्लाहका लागि चिकित्सककहाँ जान सकिन्छ ।

दाहिने हातले देब्रे स्तन र देब्रे हातले दाहिने स्तन छाम्ने । यसरी छाम्ने क्रममा हातले बिस्तारै स्तनको वरिपरि परीक्षण गर्नुपर्ने हुन्छ । यसरी स्तनको वरिपरि छाम्दा वा थिच्दा गिर्खाहरू पत्ता लागेमा क्यान्सर पहिचान गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया