मंगलबार, वैशाख ४, २०८१

काठमाडौंमा पैदल यात्रा जोखिम, आजबाट जनचेतना जगाउँदै ट्राफिक प्रहरी

नेपालखोज २०७६ फागुन ११ गते ७:१२

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गईरहेको सवारी चापका कारण पैदलयात्रीहरु जोखिममा पर्दै गईरहेका छन् । ६ महिनाको अवधिमा ३१ हजार ८९ सवारी साधन दुर्घटना ९३ जनाले ज्यान गुमाएको तथ्यांक आएपछि सडक दुर्घटना भयावह भएको पुष्टि गरिएको छ । ६ महिना कै बीचमा ३३ जना पैदलयात्रीको समेत मृत्यु भएको छ । दुर्घटनामा परेर एक सय ७९ जनाको अंगभंग भए ।

काठमाडौं उपत्यकामा बढदै गएको सवारी चाप र साँघुरा सडक र पैदलयात्रीले प्रयोग गर्ने सडक पेटीमा पसल थाप्ने चलनले गर्दा सडकबाटै हिँड्नु पर्ने बाध्यता छ । जसले गर्दा पैदलयात्री सडक दुर्घटनाको सिकार हुने गर्छन् ।
जनचेतना अभियानमा ट्राफिक
दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले रात्रि कालीन समयमा सडक प्रयोग गर्ने यात्रुलाई टल्किने खालको ज्याकेट लगाउन आग्रह गरेको छ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अँध्यारोमा पैदल यात्रा गर्ने यात्रुको सवारी दुर्घटना बढेपछि न्युनीकरण गर्न यस्तो अभियान सुरु गर्न लागेको बताए ।

महाशाखाले आइतबारदेखि जनचेतना अभिवृद्धि गर्न सडकमै पुगेर यस्तो अभियान चलाउने तयारी गरेको हो ।

प्रतिक्रिया