शुक्रबार, वैशाख १४, २०८१

कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण

नेपालखोज २०७६ फागुन ११ गते ८:०१

मान्म । विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गरेको जनाइएको छ । शनिबार मान्ममा आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए ।

महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नु पर्ने बताए ।

प्रतिक्रिया