बिहीबार, वैशाख ६, २०८१

मिथिलाञ्चलको माध्यमिकी परिक्रममा आजदेखि सुरु, अध्यक्ष दाहाल सहभागी हुने

नेपालखोज २०७६ फागुन ११ गते ८:५१

जनकपुरधाम । मिथिलाञ्चलको ऐतिहासिक महत्व बोकेको १५ दिने माध्यमिकी परिक्रमा आज आइतबारदेखि सुरु हुँदैछ ।

मिथिला विहारनी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ ।

यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुन्छ । परिक्रममामा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने आयोजकले जनाएको छ ।

रामजानकीको डोला उठाउने बेला हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम छ । अहिले कचुरीको सुरक्षा अवस्था कडा पारिएको छ । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रशासनले जनाएको छ ।

फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धार्मिक ऐतिहासिक स्थलहरुको भक्तजनले पैदल यात्रा गर्ने परम्परा छ ।

यसअन्तर्गत धनुषा र महोत्तरीको ९० किलोमिटर तथा भारत बिहार राज्यको ३० किलोमिटर गरी कुल १२० किलोमिटर यात्रा गर्ने परम्परा छ ।
डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखाँै नरनारी सहभागी हुने गर्छन् ।

लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने चलन छ ।

प्रतिक्रिया