नेपाली कार्यरत रहेको क्षेत्र कोरियामा कोरोनाभाइरसको जोखिम उच्च
नेपालखोज
२०७६ फागुन ११ गते ११:११
काठमाडौँ । दक्षिण कोरियामा कोरोनाभाइरसको नयाँ संक्रमण दोब्बरले बढेको छ । अहिलेसम्म ४३३ जना कोरोनाभाइरसका संक्रमित देखिएका छन् । शनिबार मात्रै २२९ जनामा यो संक्रमण देखिएको छ ।
दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से क्युनले कोरोनाभाइरसको संक्रमण चिन्ताजनक भएको बताएका छन् । अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना भाइरसको संक्रमणबाट स्थानीय अत्यन्त्र त्रासमा रहेको बताइउको छ ।
चीनमा कोरोना भाइरसले २३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार बढी संक्रमित छन् । कोरियाको थेगु सहरमा कोरोनाको संक्रमण बढी देखिएको छ । जहाँ कम्तिमा पनि सातहजार नेपाली कार्यरत छन् ।
सम्बन्धित
प्रतिक्रिया