शुक्रबार, वैशाख १४, २०८१

नागरिक लगानी कोषले घोषणा ग¥यो नयाँ बोनस

नेपालखोज २०७६ फागुन ११ गते १४:३५

काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कोषले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लगानीकर्तालाई यो लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । कोषले अघिल्लो वर्ष पनि २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया