शुक्रबार, वैशाख १४, २०८१

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक दुईलाख सहित पक्राउ

नेपालखोज २०७६ फागुन ११ गते १९:२०

सुर्खेत । पछिल्लो समयमा अख्तियार निकै सक्रिय भएको देखिन्छ । भ्रष्टाचार निवारण अभियानमा साना माछादेखि ठूला माछासम्म आफ्नो नियन्त्रणमा लिने योजनमा आयोग लागिरहेका बेला भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुरलाई दुई लाख नगद सहित पक्राउ गरेको छ ।

भेरी गंगा नगरपालिकाको वडा नं.११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा आयोगको सुर्खेतबाट गएको छोलीले कसीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी  दिए ।

प्रतिक्रिया