शनिबार, वैशाख ८, २०८१

आज सोमबार पशुपतिनाथको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ फागुन १२ गते ६:०८

आज १२ फाल्गुण २०७६ सोमवार को राशिफल

मेष
शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

सिंह
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।

तुला
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

धनु
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कुम्भ
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृष
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

कर्कट
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

बृश्चिक
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीन
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अत: सचेत रहनु उचित होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया