आइतबार, माघ २७, २०८१

संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउँदै

नेपालखोज २०७६ फागुन १२ गते १०:१३

काठमाडौं । ‘नेपालको कानून दैवले जानून’ भन्ने पुरानो उक्ति यतिखेर बामेदव गौतमलाई प्रधानमन्त्री बन्न सहज हुने गरी कानून संशोधनको तयारीले पुष्टि गरेको छ । दुई तिहाईको सरकार एक पछि अर्को विवादमा फस्र्दै गईरहेका बेला व्यक्तिगत स्वार्थका लागि संविधान संशोधनमा जुटिरहेको छ ।

Advertisement

हिजो मधेशका केही मागहरु संविधानमा उल्लेख नभएकै कारण मधेश आन्दोलन मात्र होइन नाकावन्दी समेत भोग्नु परेको तितो यथार्थ नेपाली जनतामा माझ छ । दुई तिहाई सरकारको दम्भमा यतिखेर नेकपा बामदेव गौतमका लागि संविधान संशोधन गर्ने प्रयासमा जुट्नु नेपालको संविधान २०७२ को विपरित देखिन्छ ।

बर्दिया र प्यूठान दुवै जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार खेपेका बामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने योजना सहित संविधान संशोधान गर्न लागिएको हो । प्रतिनिधिसभा हारेका गौतमलाई सांसद बनाउनका लागि स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने चर्चा पनि भयो । त्यसबेला सो विषयमा सर्वत्र निन्दा हुन थालेपछि बामदेवले आफू आगामी निर्वाचनसम्म कही कतैबाट पनि सांसद नबन्न अभिव्यक्ति दिँदै आईरहेका थिए ।

हिजो एमाले र माओवादीको सम्वन्धलाई सुमधुर बनाउने खेलमा सक्रिय भूमिका खेलेका बामदेव गौतमले केपी शर्मालाई पार्टी अध्यक्ष बनाउनका लागि तात्कालिन समयमा खेलेको भूमिकाको ऋण चुक्ता गर्नका लागि पार्टी उपाध्यक्ष बनाए । तर ओली चाहँदैनथे कि उनलाई सांसद बनाउने र भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाउन । तर समयले त्यस्तै अवस्था सिर्जना गरिदियो, ओलीले गौतमलाई राष्ट्रिय सभामा सांसद बनाउनु पर्ने अवस्था आयो । हो , अव गौतम राष्ट्रियसभाको सांसद मात्र बन्ने छैनन् ओलीको भावना विपरित भावी प्रधानमन्त्री बन्ने अवसरका लागि संविधान नै संशोधन आउने देखिएको छ । गौतमलाई भावी प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।

नेपालको संविधान २०७२ ले निर्वाचिन नभएका र मनोनित सांसदहरुलाई प्रधानमन्त्री बन्नबाट रोकेको छ । त्यही रोकिएको बाटो खुल्ला गर्न यतिखेर पुष्पकमल दाहालको समेत संलग्नतामा बामदेव कै लागि संविधान संशोधन गर्ने प्रयास गरिएको छ ।

एउटा व्यक्तिलाई उच्च पदमा पु¥याउनका लागि गर्न लागिएको संविधान संशोधन प्रस्तावले मुलुकको ऐन कानून कसरी मिचिँदै छ भन्ने पुष्टि गर्दछ । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनलागि संविधान संशोधन गर्नु कदापी उपयुक्त भने हुँदै होइन ।

प्रतिक्रिया