खैरो हेरोइनसहित युवती पक्राउ
नेपालखोज
२०७६ फागुन १२ गते १२:५६
काठमाडौं । प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् ।
काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले डांगीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया