बिहीबार, वैशाख १३, २०८१

रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच सम्झौता

नेपालखोज २०७६ फागुन १२ गते १३:५६

काठमाण्डौ । नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता भएको छ ।

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शो नेपाल स्टार वाईवाईबीच आइतबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिभिजनका लािग कि इडभरटिजमेन्ट र वाईवाईका तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा रहनेछन् । अर्का निर्णायक आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । उनले सातवटै प्रदेश र काठमाडौंमा गरी ८ स्थानबाट लिइएको पहिलो चरणको अडिसन सकिएको समेत जानकारी दिए । अर्को अडिसन राउण्डमा जाँदा धेरै चुनौतीहरु रहेको उनले बताए । नेपाली संगितमा टेवा पु¥याउने खालको कलाकार खोज्ने आशा आफुहरुले गरेको उनको भनाई छ ।

निर्णायक रामकृष्ण ढकालले आफुले करियर सुरु गर्दा नेपालमा यस्ता रियालिटी शोहरु नहुँदा धेरै संघर्ष गर्नुपरेको उल्लेख गरे । आफैले संघर्ष गरेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिलेको पिँढीलाई प्रविधि र बजारले केही सहज बनाएको बताए । नेपाल स्टार नेपाली प्रतिभाहरुका लागि बनाइएको कार्यक्रम भएको उल्लेख गर्दै उनले हिजो एक्लै हिँड्दा वर्षौ वर्ष संघर्ष गर्नुपरेको तर अहिले एक वर्षमा प्रतिभावान कलाकारलाई स्टार बनाउने दावी गरे ।

अर्का निर्णायक अन्जु पन्तले आफुहरु राम्रो प्रतिभाको खोजीमा रहेको बताइन् । नेपालमा राम्रो आवाज भएका प्रतिभाहरु रहेकोले रियालिटी शो नेपाल स्टार उनीहरुको आशलाग्दो प्लेटफर्म रहेको उनको भनाई छ ।

रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको छ । उत्कृष्ठ ४ मा परेका सबैर्लाइ पुरस्कार प्रदान गरिने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताए । उत्कृष्ठ चार जनाले नै जनही ५ लाख र टाइटल विजेताले थप ३० लाख पुरस्कार पाउने उनले बताए ।

प्रतिक्रिया