प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना पोखरामा पक्राउ
नेपालखोज
२०७६ फागुन १२ गते १४:०२
कास्की । सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेशस्तरीय कार्यकर्ता भेला र कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सोमबार दिउँसो प्रधानमन्त्री ओली पोखरा पुगेका थिए ।
पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाउने प्रयास गरेका हुन् ।
उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा ६ जना विद्यार्थी नेता रहे पनि उनीहरुको नाम सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया