शुक्रबार, चैत १६, २०८०

जनयुद्धका घाइते र अपाङ्गता भएकालाई सीप सिकाउन जरुरी छ : शिक्षामन्त्री पोखरे

नेपालखोज २०७६ फागुन १२ गते १८:०९

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् ।

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् । सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए । सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए । सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औल्याए । सिटिइभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उहाँले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए ।

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया