मंगलबार, वैशाख ११, २०८१

कर्णालीमा ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रम

नेपालखोज २०७६ फागुन १२ गते १८:५८

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रमअन्तर्गत कृषि कर्जामा ब्याज अनुदानको व्यवस्था गरेको छ । कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ब्याज अनुदानको अवधारणा ल्याएको हो । मन्त्रालयले यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको छ ।

अघिल्ला वर्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारीमार्फत कृषकलाई अनुदान रकम वितरण गरेको थियो । अनुदान रकम दुरुपयोग भएको गुनासो बढेपछि मन्त्रालयले चालू आवमा बैंक तथा वित्तीय संस्थामार्फत ‘ब्याज अनुदानसम्बन्धी प्याकेज’को व्यवस्था गरेको हो । मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जैविक कृषि उत्पादनलाई टेवा पु¥याउन ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यससम्बन्धी आवश्यक कृषि तथ्याङ्क सङ्कलनपछि मात्र ब्याज अनुदान प्रक्रिया शुरु हुनेछ । विपन्न र व्यावसायिक प्रकृतिका कृषकलाई प्राथमिकतामा राखेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने प्रवक्ता पण्डितको भनाइ छ । मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि बनाइसकेको छ । व्यवसायको प्रकृति हेरेर रु एक करोडसम्म कर्जा दिन सकिने, पाँच वर्षको अवधिसम्म ब्याज अनुदान दिइने, कर्जाको सात प्रतिशतसम्म ब्याज तिर्नेलगायतका व्यवस्था छन् ।

प्रतिक्रिया